नियम ७७
कार्य क्षमताको आधारमा बढुवा
निजामती कर्मचारीको कार्य क्षमताको मूल्याङ्कन ऐनको दफा २४ बमोजिम गरी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने निजामती कर्मचारीलाई सबैभन्दा पहिले बढुवा गरिनेछ ।
तर कार्य क्षमताको मूल्याङ्कन गर्दा समान अङ्क प्राप्त गर्ने निजामती कर्मचारीको हकमा ज्येष्ठताको आधारमा बढुवा गरिनेछ र
त्यस्ता कर्मचारीको ज्येष्ठता निर्धारण गर्दा देहायको आधारमा गरिनेछ ः-
(क) हाल बहाल रहेको श्रेणीको पदमा नियुक्ति वा बढुवा निर्णय भएको मितिको आधारमा,
(ख) खण्ड (क) बमोजिम ज्येष्ठता नछुट्टिएमा सोभन्दा एक तह मुनिको श्रेणीमा नियुक्ति वा बढुवा निर्णय भएको मितिको
आधारमा,
(ग) खण्ड (क) र (ख) मा उल्लिखित कुनै पनि आधारबाट ज्येष्ठता नछुट्टिएमा लोक सेवा आयोगको सिफारिसको
योग्यताक्रमको आधारमा ।
तर लोक सेवा आयोगबाट खुल्ला प्रतियोगिता र बढुवा प्रतियोगिताको एकै मितिमा सिफारिस प्राप्त भएको रहेछ भने
खुल्ला प्रतियोगिताबाट सिफारिस भएको कर्मचारीको ज्येष्ठता कायम गरिनेछ ।